
‘पहिले त हामीसित एउटा होलटाइमरमात्र थियो, थोरै कार्यकर्ता थिए, त्यो बेला त हामी लडेर यहाँसम्म आइपुग्यौँ भन्दै उहाँले भन्नुभयो-’अहिले त हामीसित पहिलेभन्दा बढी चीज छ, हजारौँ कमाण्डर र योद्वा छन्, हाम्रो पार्टी जनतामा लोकपि्रय छ, त्यसैले हामीलाई कमजोर नठाने हुन्छ, हामी अब दशहजार होइन, दस लाखको बलिदान गरेर पनि राजनीतिक डाँकाहरुलाई सखाप पारेरछाड्छौँ ।’- प्रचण्डको चेतावनी थियो ।
अहिलेको राजनीतिक खिचातानीलाई चलचित्रको कथासंग तुलना गर्दै प्रचण्डले भन्नुभयो- ‘राजनीतिक रङ्गमञ्चमा चलचित्रमा झैँ वास्तविक हिरो र भिलेनबीच लडाईं भइरहेको छ । ‘
‘अन्तिममा हिरोले भिलेनलाई हराइछाड्ने छन्- आफुलाई हिरो र अन्य दललाई भिलेनसंग तुलना गर्दै प्रचण्डले भन्नुभयो- ‘अहिलेका हाम्रा राजनीतिक भिलेनहरुको पनि त्यही हालत हुनेछ , किनकि देशको वर्तमान राजनीतिको अन्तिम परिदृश्य यस्तै उत्कर्षतिर जाँदैछ ।’
आफ्ना उच्च नेताहरुको हत्या गर्ने षडयन्त्र भइरहेको दाबी गर्दै अध्यक्ष दाहालले एक/दुई मारिए त्यसको प्रतिरोधमा तिनै करोड जनता जुरुक्कै उठ्नेछन् भन्नुभयो ।
संविधानसभा र गणतन्त्र गरिब जनता, मजदुर, किसान र महिलाले ल्याएकाले नारायणहिटी, बालुवाटार र सिंहदरबारमा बस्नेहरुले यसको अपहरण गर्न खोजेको अध्यक्ष दाहालको आरोप थियो ।
सत्तासञ्चालनका लागि विदेशी तस्कर, माफियाका गिरोहबाट कतिसम्म षडयन्त्र गरिरहँदोरहेछ भन्ने ज्ञान आफूलाई नौ महिना प्रधानमन्त्री हुँदा भएको बताउँदै उचित समयमा सबै रहस्य खोलिदिने खुलासा पनि गर्नुभयो ।
सो प्रदर्शनीमा जनयुद्व र शान्ति सम्झौतासँग सम्बन्धित १५० वटा फोटो राखिएका छन् । प्रदर्शनी पुस ३ गतेसम्म चल्नेछ ।
No comments:
Post a Comment